पूर्णिमाको सेयर लिलामीमा

Aug 28, 2017 Merolagani

पूर्णिमा विकास बैंक (PURBL) ले ६६ हजार नौ सय ११ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले हकप्रदमा नबिकेको ४६ हजार दुई सय ५८ कित्ता संस्थापक सेयर तथा २० हजार छ सय ५३ कित्ता साधारण सेयर लिलाममा राख्न लागेको हो ।

बैंकले भदौ १९ देखि उल्लेखित सेयर लिलाममा राख्ने जनाएको छ । बोलकबोल शिलबन्दीको लागि न्युनतम एक सय आवेदन सुरु गर्नु पर्ने बताइएको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आवेदकले क्यापिटलमा आवेदन दिनु पर्ने हुन्छ । बोलकबोल भदौ २८ गते विहान ७ बजे क्यापिटलको कार्यालय नक्सालमा खोलिने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।