एनबि इन्स्योरेन्सको लिलामीमा सेयर किन्ने अवसर खुल्यो

Aug 30, 2017 merolagani

एनबि इन्स्योरेन्स कम्पनी (NBIL) ले भदौ १४ गते बुधबारदेखि २८ हजार ५८० कित्ता सेयर लिलामीमा राखेको छ । कम्पनीले यसअघि असार ५ गतेदेखि साउन ९ गतेसम्म जारी गरेको २७ लाख कित्तामा अवितरित भएको सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले एनबि इन्स्योरेन्सको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमलमा भदौ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र एक सय कित्ताभन्दा बढि १० ले भाग जाने गरि सबै कित्ताका लागि माग गर्न सक्नेछन् ।

प्राप्त बोलपत्र भदौ २३ गते दिउँसो ३ ३० बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमलमा खुला गरिने क्यापिटलले जनाएको छ ।

हकप्रद विक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।