जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रद असोज १ गतेदेखि

Aug 30, 2017 merolagani

जेबिल्स फाइनान्सले असोज १ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५६२ कित्ता सेयर विक्री गर्न लागेको हो ।

 

 

 

फार्इनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदमा सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोड, उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढबाट पनि यो हकप्रदमा आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले कार्तिक ५ गतेसम्म हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हकप्रद जारीपश्चात फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ कायम हुनेछ । नेपाल राष्ट्र बैंकबाट ग बर्गको इजाजत पाएको फाइनान्सले राष्ट्र बैंकले निर्देशन गरेअनुसार ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएर फाइनान्सले प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।