बीमा समितिको निर्देशनपछि युनाइटेड इन्स्योरेन्सको बोनस र हकप्रद स्थगित

Aug 30, 2017 merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले प्रस्ताव गरको बोनस र हकप्रद सेयर स्थगित भएको छ । बीमा समितिको निर्देशनपछि  कम्पनीको संचालक समितिले यसअघि प्रस्ताव गरेको दश प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद स्थगन भएको जनाएको छ ।

कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पेश गरेको आर्थिक बर्ष ७२/७३ को आर्थिक प्रतिवेदन परिमार्जन सहित पेश गर्न समितिले निर्देशन दिएपछि यसअघि प्रस्ताव गरिएको बोनस र हकप्रदबाट पछि हटेको हो ।

बीमा समितिको निर्देशनका कारण यसअघिको प्रस्ताव अर्को निर्णय नभईन्जेलसम्मका लागि स्थगन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी शेखर बरालले जानकारी दिए ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैंया रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।