मर्चेण्ट बैंकले पनि आईपीओ निष्काशन गर्ने, सिबिआईएल क्यापिटल पहिलो

Aug 31, 2017 Merolagani



कति निष्काशन गर्दैछ आईपीओ ?
मर्चेण्ट बैंकले पनि सर्वसाधारणमा सेयर जारी गर्ने क्रम सुरु हुने भएको छ । यस अघि बहसमा मात्र सिमित रहेको विषयलाई सिबिआईएल क्यापिटलले व्यवहारमा उतार्ने भएको हो । क्यापिटलले हाल कायम पूँजी दोब्बरले बढाउने क्रममा सर्वसाधारणको हिस्सा २० प्रतिशत बनाउने भएको हो ।

बुधबार सम्पन्न क्यापिटलको साधारण सभाले सर्वसाधारणमा चार करोड रुपैंया बराबरको साधारण सेयर निष्काशन गर्ने निर्णय पारित गरेको हो ।

मेरोलगानीसँग कुरा गर्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समीरप्रसाद दाहालले भने, ‘हामी साधारण सेयर निष्काशन गर्ने पहिलो मर्चेण्ट बैंक बन्ने भएका छौं । अहिलेको १० करोड पूँजीलाई २० करोड पुर्याउँदा २० प्रतिशत हिस्सा सर्वसाधारणलाई दिने प्रस्ताव पारित भएको छ ।’

प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार २० करोड रुपैंया चुक्ता पूँजी मध्ये सर्वसाधारणमा चार करोड रुपैंयाको सेयर निष्काशन गरिनेछ । सो अनुसार संस्थापकको ८० तथा सर्वसाधारणको हिस्सा २० प्रतिशत बनाउन सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव बुधबार सम्पन्न साधारण सभाले पारित गरेको छ ।

साथै क्यापिटलले सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि पारित गरेको छ ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिविआईएल क्यापिटलको मुख्य कार्यालय डिल्ली बजारस्थित बाटुले घरमा रहेको छ । क्यापिटलले धितोपत्र बोर्डको अनुमतिमा सेयर निष्कासन तथा विक्री प्रबन्धक, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ताको काम गर्दै आएको छ । केन्द्रिय निक्षेप प्रणालीको सदस्य समेत रहेको क्यापिटलले डिम्याट खाता सञ्चालनको सेवा पनि दिँदै आएको छ । यसका अलावा लगानीकर्तालाई आवश्यक अन्य सेवाहरु पनि क्यापिटलले दिँदै आएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।