लगानीकर्ता संघले सेयर लगानीकर्तालार्इ गर्याे यस्ताे अाग्रह

Sep 01, 2017 merolagani



सेयर लगानीकर्ता संघले शुक्रबार विज्ञप्तिमार्फत घट्दो बजारबाट नअताल्लीकन स्व:निर्णयले सेयर कारोबार गर्न सेयर लगानीकर्तालार्इ आग्रह गरेकाे छ । उसले लगानीकर्ताहरुलाई सत्यतथ्य र वास्तविकता बुझेर मात्र लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको हाे ।

संघले पछिल्ला दिनमा प्रिन्ट मिडियामा बजारलाई नकरात्मक असर पार्ने समाचार प्रकाशित भएको जनाउँदै त्यस्ता समाचारको सत्यतथ्य र दिर्घकालीन प्रभावको मूल्याङ्कन नगरी लगानीकर्ताले तिब्र प्रतिक्रिया जनाउनु दुखदायी भएको जनाएको छ ।

धितोपत्र बोर्डले बजार विस्तारको काम अगाडि बढाएको, अनलाइन सेवा सुरुवातको चरणमा रहेको, गैरआवासीय नेपालीलाई पूँँजी बजारमा लगानीको वातावरण निमार्णको पहलको पहल भइरहेको अवस्थामा लगानीकर्ताले सुझबुझपूर्ण तरिकाले लगानीसम्बन्धी निर्णय लिनुपर्ने संघको ठहर छ ।

संघले बैंकहरुले मार्जिन कर्जामा दिइने ब्याजदर सस्तो बनाउँदै लगेको, २० अर्बको रुपैयाँको नयाँ खुल्ने पूर्वाधार विकास बैंक र नयाँ बीमा कम्पनीहरुले समेत सेयर बजारमा लगानी बढाउने हुँदा बढ्दो आपूर्तिको व्यवस्थापनमा सहयोग पुग्ने जनाएको हाे ।

सूचीकृत कम्पनीहरुले राम्रो नाफा कमाएको वित्तीय विवरण सार्वजनिक भएका र देशको आर्थिक अवस्था समेत सन्तोषजनक अवस्थामा रहेकोले सेयर बजार निरन्तर ओरालो झर्नुपर्ने कारण नरहेको संघको भनाई छ । यस्ताे अवस्थामा लगानीकर्ताले  विवेकपुर्ण  निर्णय  लिन संघले सबै सेयर लगानीकतार्मा अाग्रह गरेकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।