फर्स्ट माइक्रोफाइनान्सले असोज ८ गते बोलायो साधारणसभा, १५ % बोनस र ५०% हकप्रद प्रस्ताव

Sep 02, 2017 merolagani

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले १५ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न आगामी असोज ८ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तको भदौ १६ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मितिमा साधारण गर्ने निर्णय गरेको हो ।

भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा लघुवित्तले डाकेको साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयरका साथै कर तिर्नका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद निश्कासन गर्ने विशेष प्रस्ताव पेश गर्देछ । 

साधारणसभाका अन्य एजेण्डाहरुमा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीमा परिवर्तन गर्ने, र सञ्चालकको बैठक तथा भ्रमण भत्ताको पुनरावलोकन गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतको प्रस्तावहरु रहेका छन् ।

हाल ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि ४५ करोड ६२ लाख ६२ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । उक्त पूँजीको ५० प्रतिशत अर्थात रुपैयाँको एक सय रुपैयाँ अंकित दरको २२ लाख ८१ हजार ३०० कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ कायम हुनेछ ।

गत आर्थिक बर्षमा कम्पनीले आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।