लाग्यो साधारणसभाको मौसम, कसको साधारणसभा कहिले ?

Sep 04, 2017 merolagani

- तीर्थराज पौड्याल
आर्थिक बर्षको समाप्तीसँगै साधारणसभा बोलाउने क्रम तिब्र बन्दै जाँदा कम्पनीहरुमा प्रतिस्पर्धा नै चल्ने भएको छ । आफुलाई छिटो प्रतिफल दिने कम्पनीको रुपमा स्थापित गर्न धेरै कम्पनीहरुले दशैं अगाडि नै साधारण बोलाउन ध्यान केन्द्रित गरेका छन् ।

भदौ १८ गते आईतबारसम्म ११ कम्पनीले साधारणसभा बोलाइसकेका छन् भने बोनस घोषणा गर्ने कम्पनी २८ वटा पुगेका छन् । भदौभित्र साधारणसभा गर्ने कम्पनी ६ रहेका छन् । जसमध्ये एनआईसी एसिया क्यापिटलले भदौ २२ गते, प्राईम लाईफ इन्स्योरेन्सले भदौ २७ गते र नेपाल इन्स्योरेन्सले भदौ २९ गते साधारणसभा आह्वान गरेका छन् । 

भदौ ३० गते नेपाल इन्स्योरेन्स, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावर गरि ३ कम्पनीले साधारणसभा बोलाएका छन् । ङादी ग्रुप पावरले असाेज ४ गते तथा असोज ६ गते सानीमा क्यापिटल, प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउस गरि ३ वटा कम्पनीले साधारणसभा बोलाएका छन् ।

एनआईसी एशिया क्यापिटलले भदौ २२ गते आफ्नो पहिलो बार्षिक साधारणसभा बोलाएको हाे । एनआईसी एशिया बैंकको कार्यालय थापाथलीमा बिहान ११ बजे बोलाएको सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु साधारण सभामा लैजाँदैछ ।

त्यस्तै प्राईम लाईफ इन्स्योरेन्सले भदौ २७ गते अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको छ । सभामा चुक्ता पूँजीको २५ प्रतिशत अर्थात एक अर्ब २२ करोड चार लाख रुपैयाँको बोनस तथा कर प्रयोजनका लागि ५७ लाख २८ हजार ९८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस बितरण पश्चात कायम हुने पूँजीको एक सय ६० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पनि साधारण सभाले पारित गर्दैछ ।

उता युनिर्भसल पावर कम्पनी लिमिटेडले भदौ २९ गते अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा दिउँसाे ३ बजे साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभामा सर्वसाधारण लागि सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अग्राधिकार सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव समेत गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले दुई बर्षको साधारणसभा (६७ औं र ६८ औ) एकैपटक भदौ ३० गते विज्ञान तथा सांस्कृतिक केन्द्र कमलपाेखरीमा बिहान १० बजे बोलाएको छ । कम्पनीले गएका आर्थिक बर्षहरु २०७१/७२ र ७२/७३ मा हुन नसकेको साधारणसभा अहिले आएर बल्ल गर्न लागेको हो । गत बर्षको साधारणसभा भने कम्पनीले फेरी बोलाउनेछ ।

इन्स्योेरेन्सको साधारणसभामा पाँच प्रतिशत बोनस सेयर र बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ । सभाले बोनसमा लाग्ने कर वापतको सात लाख ५६ हजार ८६४ नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताव समेत पारित गर्नेछ ।

एनआर्इसी एशिया बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीले भदौ ३० गते साधारणसभा बोलाएका छन् । बैंकले २० औं बार्षिक साधारणसभामा २० प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ । बैंकको चुक्ता पूँजी, जारी पूँजी वृद्धि गर्ने, सञ्चालक नियुक्ति तथा पारिश्रमीक तोक्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त १ प्रतिशत खर्च गर्ने, र आवश्यक अन्य परिवर्तन गर्न सञ्चालक समिति बैंठकलाई अख्तियारी प्रदान गर्ने लयागतका प्रस्ताव रहेका छन् ।

अरुण भ्याली हाईड्रोपावर कम्पनीले पनि भदौ ३० गते स्टाफ कलेज जावलाखेल ललितपुरमा बिहान ११ बजे २० औं बार्षिक साधारणसभा बोलाएको छ । सभाले १० प्रतिशत बोनस सेयर तथा ०.५२६ प्रतिशत नगद लाभांश लागायतका प्रस्ताव पारित गर्देछ ।

ङादी ग्रुप पावरले असोज ४ गते अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान ११ बजे चौथो बार्षिक साधारणसभा डाकेको छ । सभामा कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा बोनपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने तथा संस्थाको प्रबन्धपत्र तथा विनियमावलीमा संसोधन गर्ने लगायतका प्रस्ताव गरेको छ ।

 

कम्पनीको साधारण सभामा बोल्नेहरु यसरी हुन्छन् मालामाल, तपाई पनि जाने कि ?

त्यस्तै सानीमा क्यापिटलले आगामी असोज ६ गते क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा अपरान्ह १ बजे दोस्रो बार्षिक साधारणसभा बोलाएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुँदैछ । साथै कम्पनीको उदेश्य, चुक्तापूँजी जारी पूँजी वृद्धि गर्नेगरी प्रबन्धपत्र नियमावली संसोधन गर्ने प्रस्ताव समेत पारित हुँदैछ ।

नेपाल क्लियरिङ हाउसले पनि असाेज ६ गते नै होटल याक एण्ड यति दरबारमार्गमा दिउँसो ४:३० बजे दशौं बार्षिक साधारणसभा डाकेको छ । कम्पनीले २० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश गरि ४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्देछ ।

प्रभु क्यापिटलले समेत असाेज ६ गते नै ¥याडिसन होटल लाजिम्पाटमा दिउँसो १ बजे नवौं बार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा सेयरधनीलाई २० प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।

फर्स्ट माइक्रो फाइनान्स कम्पनीले पनि १५ प्रतिशत बोनस तथा बोनसपछि ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न आगामी असोज ८ गते अम्रपाली बैंक्वेट भाटभटेनीमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले सभामा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्दैछ । त्यसै गरी कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीमा परिवर्तन गर्ने, र सञ्चालकको बैठक तथा भ्रमण भत्ताको पुनरावलोकन गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतको अन्य एजेण्डाहरुमा रहेका छन् ।

त्यस्तै सिटिजन्स् बैंकले साधारणसभाका लागि सेयरधनी किताब भदौ १६ गते बन्द गरेपनि साधारणसभाको मिति तय गरिसकेको छैन । लाभांश घोषणा गरेका अन्य धेरै कम्पनीहरुको पनि अब धमाधम साधारणसभाको मिति घोषणा हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।