सानिमा बैंकले चुक्तापूँजी आठ अर्ब पुर्याउने गरी प्रस्ताव गर्यो १६ प्रतिशत बोनस

Sep 04, 2017 merolagani

सानिमा बैंक (SANIMA) ले गतबर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सानिमाले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।



प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

सानिमाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।