नेको र एन.बि. इन्स्योरेन्सले असोज १० गते एकैदिन बोलाए साधारणसभा, कसको कस्ता प्रस्ताव

Sep 05, 2017 merolagani



नेको इन्स्योरेन्स कम्पनी (NIL) तथा ए.बि. इन्स्योरेन्स कम्पनी (NBIL) ले असोज १० गते एकैदिन साधारणसभा बोलाएका छन् ।

नेकोले १० प्रतिशत बोनस सेयर तथा बोनसपछि कायम हुने पूँजीको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित नेपाल पर्यटन बोर्ड भुकृटीमण्डपमा बिहान ११ बजे बाइसौ साधारणसभा बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीले ७ करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनस तथा बाेनसमा लाग्ने कर वापत ३७ लाख ५२ हजार ८४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । साधारणसभामा भदौ २८ गतेसम्म सेयर किनेका वा सो मितिभन्दा अगाडि सेयरधनी रहेका लगानीकर्ताहरु सहभागि हुन र प्रस्तावित बोनस प्राप्त गर्न सक्नेछन् । 

उता एन.बि इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी एक अर्ब पुर्याउन १० बराबर आठ कित्ता अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।

लैनचौर बैंक्वेटमा बिहान ११ बजे बोलाएको २० औं बार्षिक सधारणसभामा कम्पनीको अधिकृत पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने तथा कम्पनीको १८ औं र १९ औं बार्षिक साधारणसभाले प्रस्ताव गरेअनुरुप कम्पनीको नाम र लागो परिवर्तन गर्ने लगायतका  अन्य प्रस्ताव रहेका छन् । 

साधारणसभामा भदौ २४ गतेसम्म सेयर किनेका वा सो मितिभन्दा अगाडि सेयरधनी रहेका लगानीकर्ताहरु सहभागि हुन पाउनेछन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।