नबिल र सिटिजन्स बैंकले पनि दशैँ अगाडि साधारणसभा गर्ने

Sep 05, 2017 merolagani



नबिल बैंक (NABIL)  र सिटिजन्स बैंक(CZBIL) ले पनि दशै अगाडि नै गत आर्थिकबर्षको लाभांश वितरण गर्ने भएका छन । जसका लागि दुवै बैंकले साधारणसभा आह्वान गरेका छन । नबिल बैंकले असोज १० गते र सिटिजन्सले असोज ९ गते साधारणसभा डाकेका छन ।


नबिल बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

साधरणसभा र लाभांश प्रयोजनको लागि बैंकको भदौ २७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । भदौ २६ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन ।

गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड छ , प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख रुपैंया पुग्नेछ ।

साथै बैंकले अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि गरेको छ ।

 

सिटिजन्स बैंकको साधारणसभा असोज ९ गते, १६ प्रतिशत बोनस

यस्तै सिटिजन्स बैंकले असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गरेको थियो । भदौ ११ गतेसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन योग्य हुनेछन ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल सिटिजन्स् बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी आठ अर्ब दुई करोड पुग्नेछ ।

यसअघि एनआइसी एशिया बैंकले भदौ ३० गतेका लागि साधारणसभा डाकिसकेको छ। हालसम्म दशैँ अगावै साधारणसभा बोलाउने वाणिज्य बैंकको संख्या तीन पुगेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।