मिर्मिरेले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्न थाल्यो

Sep 06, 2017 merolagani

मिर्मिरे माईक्रोफाइना (MMFDB) ले भदौ २१ बुधबारदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता सुरु गरेको छ । लघुवित्तले आवेदकले लिलामी भर्दा उल्लेख गरेको बैंक खातामा पैसा फिर्ता गर्न सुरु गरेको जनाएको छ ।

मिर्मिरे माईक्रोफाइनाले भदौ ६ देखि १४ गतेसम्म असार ५ गतेदेखि साउन ८ गतेसम्म ५० प्रतिशत हकप्रद विक्री खुला गरेकोमा अवितरित एक हजार ९४० कित्ता सेयर लिलामी गरेको थियो । जसको बाँडफाँड गत शुक्रबार गरिएको हो । 

तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

कम्पनीले केन्द्रीय कार्यालय बनेपामा भदौ २६ गते बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ । जसमा चार करोड ५० लाख रुपैयाँ पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादैछ । साथै कम्पनीको कार्यक्षेत्र १० जिल्ला थप गर्ने, कम्पनीकाे जारी, चुक्ता तथा अधिकृत पूँजी वृद्धिको प्रस्ताव पनि रहेका छन् 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।