हकप्रद जारी गर्न एनसीसी बैंकले छान्यो विक्री प्रबन्धक, यसरी पुर्याउँदैछ आठ अर्ब

Sep 07, 2017 merolagni

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले भदौ १६ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम ५० प्रतिशत हकप्रद जारी गर्न सनरार्इज क्यापिटललाई विक्री प्रबन्धक नियुक्ति गरेको छ ।

  

एनसीसीले हाल कायम रहेका सेयरधनीहरुकोे लागि २ कित्ता सेयर बराबर १ कित्ता सेयर अनुपातले हुने दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि सनरार्इज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

हकप्रद सेयर निष्काशन सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पश्चात बैंकको चुक्ता ७ अर्ब एक करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ कायम हुनेछ ।

हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजीमा बैंकसँग गाभिएका चारवटा विकास बैंकहरुको सेयर आदान प्रदान अनुपातका आधारमा फरक भए बमोजिमको पूँजी कोषमा लेखाङ्कन गरिएको रकम ९८ करोड ६० लाखलाई पूँजीकृत गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।