मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस पारित गर्न असोज ३० गते बोलायो साधारणसभा

Sep 08, 2017 merolagani



मेरो माइक्रोफाइनान्स (MERO) ले ३० प्रतिशत बोनस पारित गराउन असोज ३० गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त कम्पनीले चुक्ता पूँजीको १२.१०५ प्रतिशत (कर सहित) नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सले होटल वाटर टावर नुवाकोट विदुरमा असोज ३० गते विहान ११:३० बजे साधारणसभा बोलएको हो । साधारणसभाले ६ करोड ६० लाख रुपैयाँ बोनस तथा दुई करोड ६६ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । 

साधारणसभाका लागि लघुवित्तले असोज २ गतेदेखि १० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार असोज १ गते आईतबारसम्म सेयर किनेका वा यसअघि कम्पनीको सेयरधनी कायम रहेका लगानीकर्ताले लघुवित्तले प्रस्ताव गरेको ३० प्रतिशत बोनस तथा चुक्ता पूँजीको १२.१०५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

२२ कराेड  रूपैयाँ चुक्त्ता पूँजी रहेकाे लघुवित्तकाे बाेनसपछि २८ कराेड ६० लाख रूपैयाँ चुक्त्ता पूँजी कायम हुनेछ ।गत आवमा लघुवित्तले ९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२.१९ पैसा कायम गरेको छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।