निर्धन उत्थान बिकास बैंकको ६६.६७ प्रतिशत बम्पर बोनस

Sep 10, 2017 merolagani

निर्धन उत्थान बिकास बैंक (NUBL) ले गत आर्थिक बर्षको कमाईबाट ८०.७१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

६० करोड चुक्ता पुँजी रहेको कम्पनीले ४० करोड रुपैयाँ बराबरको बोनस र ८ करोड ८२ लाख रुपैयाा बराबरको नगद लाभांश दिने भएको हो । बोनसपछि कम्पनीको पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ । 

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 

गत आर्थिक वर्षमा लघुवित्तले ५८ करोड ३४ लाख १० हजार रुपैंया खुद नाफा गरेको थियो । लघुवित्तको जगेडा कोषमा एक अर्ब २२ करोड ३७ लाख १२ हजार रुपैंया सञ्चित छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ९७ रुपैंया २३ पैसा, निष्कृय कर्जा अनुपात ०.३१ प्रतिशत  छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।