एन आई सी एशिया बैंकले गाउँ गाउँमा सुरु गर्यो शाखारहित बैंकिङ्क सेवा

Sep 10, 2017 merolagani

एन आई सी एशिया बैंक (NICA) ले गाउँ गाउँमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लामा पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ ।

सोहि क्रममा बैंकले भाद्र २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र भाद्र २४ गते बुद्घशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा र रोङ्ग गाउँपालिका, कुटी डाडाँ बजार इलामबाट ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

यि ३ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एन आई सी एशिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।