लाभांशको ओईरो लाग्दै गर्दा सेयरबजारमा पहिरो,विश्लेषक भन्छन्, 'घट्नु पर्ने कुनै ठोस कारण छैन।'

Sep 10, 2017 merolagani

साताको पहिलो दिन आइतबारको सेयरबजार २.२४ प्रतिशतले घटेको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेर साधारणसभा आह्वान गरि रहँदा बजारमा झन् ठूलो पहिरो चलेको छ । तर कतिपय लगानीकर्ताले बजार घटेकै मौकामा सेयर खरिदको क्रम बढाउदा कारोबार रकम भने उत्साहजनक देखिएको छ ।

आइतबारसम्म सेयरबजारमा सूचीकृत करिब तीन दर्जन कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने आधा दर्जन बढीले साधारणसभा नै बोलाई सकेका छन् । तर यहि अवस्थामा सेयरबजारमा भने सेयर बिक्रीको चाप अधिक परेको छ । जसका कारण कम्पनीहरुको सेयरमूल्य घट्दा समग्र बजार उच्च अंकले घट्न पुग्यो । 

आइतबार नेप्से ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा झरेको छ । यसदिन १५८ कम्पनीको ९२ करोड ४२ लाख रूपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम गत बिहीबारको तुलनामा १९ करोड बढी हो । कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार राताम्मे भएको छ ।

 

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी भन्छन्, 'बजार घट्ने अन्य कुनै कारण छैन। सेयरको अधिक आपूर्ति नै बजार घट्नुको प्रमुख कारण हो ।

कम्पनीलेहरुले गत आर्थिक बर्षमा पूँजी बढाउने चटारोमा निष्काशन गरेको हकप्रद, एफपिओ र वितरण गरेको बोनस प्राय कम्पनीहरुको सूचिकृत भईसकेको छ । जसले गर्दा बजारमा आपूर्ति बढ्यो र भाऊ घट्न गयो । अर्को कुरा नजिकदो चाडपर्वमा आवश्यक रकम जोहो गर्नका लागि सेयर बिक्रीमा चाप परेको हुन सक्छ ,' रेग्मीले भने ।

अहिले बजारमा तरलताको अवस्थामा पनि सहज रहेको छ । राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रमा झण्डै ७२ अर्ब रुपैयाँ बराबरको तरलता छ । तरलता सहज भएको भन्दै बैंकहरुले धमाधम मुद्धति निक्षेपमा दिँदै आएको ब्याजदर समेत घटाउन थालेका छन् । अझ आर्कषक आर्कषक विज्ञापन गरेर सेयरकर्जा प्रवाह गर्न थालेका छन् । यस्तो अवस्थामा समेत बजार उल्टो गतिमा चल्नु भनेको आश्र्चयजनक नै छ । लगानीकर्ता विष्णु धितालको भनाई छ ।

त्यस्तै अर्का एक लगानीकर्ता एंव विश्लेषक रामु खनाल भन्छन, 'बजार निरन्तर घट्दा साना लगानीकर्ताहरु बजार देखि डराएको देखिन्छ । अर्कातर्फ कम्पनीहरुको प्रतिफल प्राप्त गर्ने क्रममा बजारलाई तल्लो बिन्दुमा पुर्याएर ठुला खेलाडीहरुले खरीद गर्ने रणनीतिक चालको रुपमा लिन सकिन्छ र अबको समय भनेको प्रतिफल प्राप्त गर्ने समय हो, धैर्यता कायम राख्ने समय हो तर कसैले तर्साउनलाई बजार घटायो भन्दैमा बजार बाट भाग्ने समय भने पक्कै होइन।'

साउन लागेसँगै बजार माथि जान्छ भनेर निकै आशावादी भएका लगानीकर्ता यतिबेला केही अन्योलमा परेको जस्तो देखिन्छ ।

सिद्धार्थ क्यापिटलका सिईओ धुव्र तिमल्सिनाका अनुसार  लगानीकर्ताले सम्भावित लाभांशको आकँलन गरेर लाभांश घोषणा पूर्व नै बढेकै मूल्यमा सेयर खरिद गरिसकेकाले अहिले लाभांश घोषणा भएपछि सेयरमूल्य नबढेको हो । कम्पनीहरुले विगतमा प्रस्तुत गरेका पूँजी योजनामै लाभांशको बिषय उल्लेख गरेको हुँदा अहिले लाभांश घोषणाले बजारमा उत्साह नजागेको हुनसक्छ ।

'अघिल्ला बर्षमा हरुमा लाभांशको ठ्याक्कै आँकलन गर्न सकिदैनथ्थो तर यसपालि बजारका सक्रिय र बढी जानकार लगानीकर्ताले कम्पनीहरुले गतबर्षको वित्तीय विवरण प्रस्तुत गर्नु अगावै सेयर खरिद गरिसकेका थिए ।'

'अर्कातर्फ लाभांश घोषणा गर्दा समेत बजार नबढेपछि कतिपय लगानीकर्ताहरु निराश भएर विना कारण सेयर बिक्री गर्न थालेको पनि पाइएको छ । यो लगानीकर्ताको धर्यताको कमी हो । यो समय लगानीकर्ताले आफ्नो अवस्था र लगानीको जोखिम हेरेर निर्णय गर्ने बेला हो । अन्य वित्तीय अवस्थाहरु सामान्य रहेको अवस्थामा बजार यसरी घट्नु पर्ने कुनै खास कारण देखिदैन,तिमल्सिनाले भने ।

यसबाहेक थुप्रै कम्पनीहरुको आईपीओ आउनेक्रम जारी छ । भने अझै कतिपय कम्पनीहरुको हकप्रद खुल्नै बाँकी छ ।यसका लागि पनि लगानीकर्ताहरुलाई रकमको आवश्यकता परेको हुनसक्छ । जसले गर्दा बजार ओरालो लागेको हो ।

यसदिन निर्धन उत्थान विकास बैंकको दश करोड ६७ लाख बराबरको कारोबार भयो । ६७ प्रतिशत बोनस घोषणा गरेपछि बैंकको कारोबार उच्च भएको हो । जसको सेयरमूल्य समेत चार प्रतिशतले बढेको छ । समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै पाँच प्रतिशतले कमाए । छिमेक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै दश प्रतिशतले गुमाएका छन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।