एप्पल आइफोन ८ आज लन्च हुँदैः यस्ता छन् विशेषता

Sep 12, 2017 merolagani

एप्पल आइफोन लन्च भएको १० औँ बर्षमा प्रवेश गरेसँगै आज आइफोन ८ एआर (अगमेंटेड रियालिटी) प्रविधिबाट सार्वजिनक हुने भएको छ । तर कम्पनीले यो फोनको नामको आधिकारीक नाम भने घोषणा गरेको छैन । यसको नाम आइफोन एक्स, आइफोन ८ वा ८ प्लस हुनसक्ने बताइएको छ ।

एप्पल आइफोन लन्च भएको १० औँ बर्षमा प्रवेश गरेसँगै आज आइफोन ८ एआर (अगमेंटेड रियालिटी) प्रविधिबाट सार्वजिनक हुने भएको छ । तर कम्पनीले यो फोनको नामको आधिकारीक नाम भने घोषणा गरेको छैन । यसको नाम आइफोन एक्स, आइफोन ८ वा ८ प्लस हुनसक्ने बताइएको छ ।

आइफोन ८ लञ्च हुनुअघि नै यसका केही आधुनिक फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् । एप्पल कम्पनीले पहिलो पटक आफ्नो तीनवटा फोन एकसाथ लन्च गर्ने भएको छ । यसमा आइफोन ८ का साथमा आइफोन ७ र ७ प्लसको अपग्रेड भर्सन रहेका छन् ।

आइफोनले हरेक बर्ष नयाँ फोन लन्च गर्दै आइरहेको छ भने हरेक दुई बर्षमा डिभाइसलाई रिडिजाइनिङ गर्दै आइरहेको छ । यो नयाँ फोनको डिभाइसको डिजाइनका साथै नाममा पनि बदलाव आउन सक्ने बताइएको छ ।

मूल्य
एप्पलका कुनै पनि फाने सस्ता भने हुदैनन तर सार्वजनिक हुदै गरेको यो डिभाइस झनै महंगो हुनसक्ने बताइएको छ । खबरका अनुसार यसको मूल्य हजार डलरदेखि १२ सय डलरसम्म हुनसक्छ ।

यसका फिचर्स
आइफोन ८ मा पातलो बेजलका साथै एज टु एज डिस्पे र भर्टिकल डुअल क्यामेरा हुनसक्ने सम्भावना रहेको छ । फेसियल रिकग्नारयजेसका लागि यसमा थ्री डी क्यामेरा हनसक्ने सम्भावना रहेको छ ।

यसमा टच आईडीको सट्टा फेस आईडीको फिचर हुनेछ । फेस आईडीको विशेषता भनेको यसले अध्याँरोमा पनि काम गर्न सक्नेछ । जसले अध्याँरोमा पनि अनुहारलाई स्क्यान गरेर अनलक गर्न सकिनेछ ।

उक्त आइफोनमा ग्लास रियर हुनेछ, जसले वायरलेस चार्जिङ सुविधा दिनेछ । यसलाई मेटलको सट्टा ग्लास र प्लाष्टिकले चार्ज गर्न सकिनेछ । साथै वायरलेस एयरफोन सुविधा पनि रहेको छ ।

यो आइफानेमा होम बटनको सट्टा टच सेन्सिटिभ डिजिटल बटन हुनेछ । यद्यपी आइफोन ७ आउने समयमा पनि यो अफवाह भने फैलाइएको थियो ।

आइफोन ८ को सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसमा रहेको वाटर रेसिस्टेन्स हो । जसले फोनलाई पानीबाट पनि कुनै असर गर्दैन ।

यसको रंग पनि अलग हुनसक्ने सम्भावना रहेको छ । यो आइफोन ब्लश गोल्ड(कपर) कलरको हुनसक्छ । खबरका अनुसार आइफोन ८ का साथमा एयरप्याडको एक जोडा पनि पाउन सकिने छ । त्यो पनि फ्री मा ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।