पोखरा फाइनान्सको एफपिओ सबैले पाए,कसले कति पाए ?

Sep 14, 2017 merolagani



पोखरा फाइनान्सले निष्कासन गरेको एफपिओ बिहीबार बाँडफाँड भएको छ । एफपिओमा आवेदन गर्ने सबै लगानीकर्ताले फाइनान्सको सेयर पाएका छन । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता २२० रुपैयाका दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

आवेदन स्वीकृत भएका ४६ हजार ६८३ जना लगानीकर्ताले १० कित्तादेखि ३१ कित्तासम्म सेयर हात पारेका छन् । १० कित्ता र २० कित्ताका लागि आवेदन गर्ने सबैले मागेजति सेयर पाएका छन्। 

१० कित्ता सेयरका लागि चौध हजार ९६८ जनाले आवेदन गरेका थिए भने २० कित्ता सेयरका लागि १० हजार १०६ जनाले आवेदन गरेकोमा सबैले मागे जति सेयर पाएका छन । अर्थात दश कित्ता आवेद गर्नेले १० कित्ता र २० कित्ताका लागि आवेदन गर्नेले २० कित्ता नै सेयर पाएका छन् ।

यसैगरी, ३० कित्ता तथा सो भन्दा बढी चार हजार नौ सय कित्तासम्म आवेदन दिएका २१ हजार ६०९ जना आवेदकमध्ये गोलाप्रथाबाट १९ हजार ९७० जनालाई ३० कित्ता नै सेयर परेको छ । २ जनाको भागमा ३१ कित्ता सेयर परेको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ ।

फाइनानन्सको एपपिओमा कुल ७२ करोड ६० लाख रुपैयाँको आवेदन परेको थियो । कम्पनीले न्यूनतम १० देखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ छ । एफपीओ बाँडफाँटपछि भने चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

फाइनान्सले गत साउन २९ गतेदेखि भदौ १ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९करोड ८३ लाख ६८ हजार दुई सय रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१;४९ कायम गर्न एफपिओ जारी गरेको हो ।

कसले कति पाए ?

१० कित्ता १४९६८ जनालाई
२० कित्ता १०१०६ जनालाई
३० कित्ता १९९७० जनालाई (गोलाप्रथाबाट)
३१ कित्ता २ जनालाई

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।