एभरेष्ट बैंकको लिलामको सेयरलाई लगानीकर्ताले किन पत्याएनन् ?

Sep 18, 2017 Merolagani

एभरेष्ट बैंकले हकप्रदमा नबिकेर लिलाममा राखेको सबै सेयर बिक्री हुन सकेन । एकै पटक चुक्ता पूँजी अधिक मात्रामा बढाउँदा प्रतिसेयर आम्दानीमा आएको तिब्र गिरावटले लगानीकर्ता आशावादी नबनेका हुन् । जसका कारण बैंकको सेयर लिलामीमा लगानीकर्ताको उल्लेख्य सहभागिता नभएको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको थियो । लिलाममा राखिएको एभरेष्ट बैंकको दुई लाख ५३ हजार ७९७ कित्ता मध्ये झण्डै ४० हजार कित्ता सेयर बिक्री नभएको हो । बाँकी सबै सेयर सबै आवेदकलाई माग गरेको मूल्यमा नै वितरण गर्नु पर्ने व्यवस्था छ । यस आधारमा सबै सेयर बिक्री बिक्री नहुँदा सस्तो मूल्यमा सेयर माग गर्नेहरुलाई पनि सेयर बितरण गर्नु पर्ने हुन्छ । कुनै विवाद झिकेर सेयर बाँडफाँड रद्ध गरी अर्को प्रकृयामा जाने योजना बनाउन नपाइने भएकाले पनि सबै आवेदकले कबोल गरेको मूल्यमा नै अनिवार्य रुपमा सेयर पाउने निश्चित छ । 

क्यापिटलका अनुसार लिलाम प्रकृयाको सबै बिवरण तयार भैसकेको छैन । सबै विबरण आए पछि मात्र कसले कति मूल्य राखेर सेयर आवेदन गर्यो अनि सकार्यो भन्ने जानकारी आउनेछ । बैंकको सेयर लिलामीको बोलकबोल सोमबार बिहान १० बजे एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाटमा खोलिएको हो ।

बैंकले गत असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा बिक्री नभएको सेयर लिलाममा राखेको थियो । यस अघिका सबै जसो सेयर लिलामीमा लगानीकर्ताको उल्लेख्य सहभागिता हुने गरेको थियो । जसका कारण सेयर बाँडफाँडका दौरान सेयर पाउनेहरुका बिचमा तिब्र प्रतिष्पर्धा हुने गरेको थियो । तर एभरेष्टको सेयर लिलाममा भने लगानीकर्ताको उत्साह नदेखिएको हो ।

बैंकको गत आर्थिक बर्षको वित्तिय विवरण अनुसार एक अर्ब ९८ करोड रुपेयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा कायम गरेको थियो ।

.......................................................................................................................................................................

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।