महालेखाको निर्देशन अनुसार राष्ट्रिय बीमा कम्पनी लगायतका सार्वजनिक संस्थानको लेखापरीक्षण समयमै हुन सकेन

Sep 19, 2017 merolagani

महालेखा परीक्षकको कार्यालयले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानहरुलाई भदौ मसान्तसम्ममा लेखापरीक्षण पुरा गर्न निर्देशन दिएको भएपनि अधिकांस संस्थानको लेखापरीक्षण हुन सकेको छैन । अधिकांस संस्थानले महालेखाको निर्देशन पुरा नगरेको पाईएको छ ।

 

महालेखापरीक्षकको कार्यालयले दिएको जानकारी अनुसार भदौ मसान्तसम्ममा गुठी संस्थानको आर्थिक वर्ष ०५१/०५२ देखि ०६९/०७० सालसम्मको लेखापरीक्षण सम्पन्न भइ पुर्ण विवरण आउन बाँकी रहेकोे छ ।

यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भएको छ । लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन तयार भए पनि प्रतिवेदनमा उठेका प्रश्नको जवाफ महालेखापरीक्षण कार्यालयमा प्राप्त नभएको महालेखाले जनाएको छ ।यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त गरिएको छ ।

आर्थिक बर्ष ०७२/०७३ आर्थिक विवरण तयार गर्ने क्रममा रहेको महालेखा परीक्षकको कार्यालयका प्रवक्ता अशोक कुमार कार्कीले जानकारी दिए ।  

महालेखाको निर्देशनपछि संस्थाले आर्थिक वर्ष ०७०/ ७१ देखि २०७२/७३ को लेखापरीक्षण तयार पारेको  तर त्योे स्वीकृत भने भएको छैन ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीको आव २०६६/६७ देखि २०६८/६९ को लेखापरीक्षण प्रतिवेदन प्राप्त भए पनि त्यसमा महालेखाले राखेको प्रश्नको उत्तर नआएको बताएको छ । महालेखाको निर्देशनपछि आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ को लेखापरीक्षण गरिएको छैन ।

पर्यटन बोर्डमा पनि ०७०/०७१ सालदेखिको लेखापरीक्षण गर्न महालेखाबाट टोली खटिएको छ । यसैगरी खानेपानी संस्थान र नेपाल नागरिक उडड्न प्राधिकरणको पनि लेखापरीक्षण सुरु भएको छ ।

नेपाल खाद्य संस्थान र जनक शिक्षा तथा सामाग्री केन्द्र लिमिटेडको पनि लेखापरीक्षण गर्न भनेको छ । उदयपुर सिमेन्ट उद्योगमा ५ वर्षदेखि लेखापरीक्षण भएको छैन् ।

नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, नेपाल औषधी लिमिटेड, राष्ट्रिय आवास कम्पनी लिमिटेड र साँस्कृतिक संस्थानको आव ०७२/०७३ को लेखापरीक्षण भई प्रारम्भीक प्रतिवेदनको प्रतिउत्तर पाउन बाँकी छ ।

गोरखापत्र संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको ०७१/०७२ देखिको वित्तीय विरण आउन बाँकी छ । नेपाल रेल्वे कम्पनीको १ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र बन्द जनकपुर चुरोट कारखानाको पनि लेखापरीक्षण गर्न बाँकी रहेको कार्यलयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा लामो समयदेखि लेखापरीक्षण नभएपछि कार्यलयले हाल कर्मचारी खटाएको छ । यस्तै खारेजीमा गएका सुर्ति विकास कम्पनी, हेटौडा कपडा उद्योग, कृषि औजार कारखाना र नेसनल कन्ट्रक्सन कम्पनीको ४ वर्षदेखि लेखापरीक्षण हुन बाँकी छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।