प्रुडेन्सियल इन्स्योरेन्सले घाेषणा गर्याे बोनस, कति पुग्छ पूँजी ?

Sep 24, 2017 merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले  सञ्चित नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले सो निर्णय गरेको हो ।

 

प्रुडेन्सियलले हाल रहेको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरि बीमा समितिमा स्वीकृतिका लागि पेश गरिएको जनाएको छ । 

प्रस्ताव बोनस बीमा समितिबाट स्वीकृत भएर कम्पनीको १६ औं बार्षिक साधारणसभाबाट अनुमोदनपछि सेयरधनीलाई वितरण हुनेछ । बाेनस वितरणपछि कम्पनीकाे चुक्त्ता पूँजी ५१ कराेड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको ३० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्स कम्पनीले १० बराबर ३ अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति माग गरेको हो । हकप्रदपछि कम्पनीकाे पूँजी ६४ कराेड १५ लाख २० हजार कायम हुनेछ । बीमा  समितिकाे निर्देशन अनुरूप कम्पनीले २०७५ असार मसान्तमा एक अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा १७ करोड १३ लाख १९ हजार रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४० रुपैयाँ ०६ पैसा कायम गरेको थियो ।

प्रुडेन्सियलको जगेडा कोषमा ३४ करोड ३२ लाख २५ हजार रुपैयाँ सञ्चित छ । बीमा कोषको आकार ४० करोड एक लाख ३२ हजार रुपैयाँ पुर्याएको इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता १४२३ रुपैयाँ रहेको छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।