दशैंको विदामा इन्भेष्टमेण्ट बैंकले कहाँ कहाँबाट दिँदैछ सेवा ? हेर्नुहोस् सूची

Sep 25, 2017 Merolagani

बडा दशैंको लामो बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले देशभरका २२ वटा शाखाहरु आंशिक रुपमा सञ्चालन गर्ने भएको छ । बैंकका अनुसार दरबारमार्गस्थित मुख्य कार्यालय प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ ।

सप्तमी, अष्टमी र नवमीका दिन मुख्य कार्यालय, पुलचोक, सिपाडोल र किर्तिपुर बाहेकका कुनै पनि शाखाबाट सेवा प्रदान नगरिने बैंकले जनाएको छ । मुख्य कार्यालयबाट सबै दिन तथा, पुलचोक, सिपाडोल र किर्तिपुर शाखाबाट सप्तमी र अष्टमीका दिन पनि सेवा प्रवाह गरिने बैंकले जानकारी दिएको छ ।

अन्य शाखा खुल्ला हुने तालिका यस्तो छ । 

उपत्यका बाहिरका शाखाहरुको तालिका ...

यसैबिच नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्ती (काठमाण्डौं टुरिष्ट होम प्रा. लि.)मा उनान्सयौं (९९ औं) एटिएम सेवा बिस्तार गरेको छ । पर्यटकहरुको बक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको बैंकले जनाएको छ ।

९ अर्ब २४ करोड चुक्ता पूंजी रहेको बैंकले ८ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्ना ६१ वटा शाखाहरू र विभिन्न शाखारहित बैंकिङ सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ । बैंकको हाल ४ लाखभन्दा बढी भिसा कार्ड प्रयोगकर्ता रहेका छन । नेपाल इन्भेष्टमेण्ट बैंक बैंक अफ द इयर पाँच पटकसम्म प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो ।

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।