बरुण हाइड्रोपावरको ५ % बोनस सुरक्षित गर्ने मंगलबारै अन्तिम दिन, असोज २७ मा साधारण सभा

Oct 03, 2017 merolagani

बरुण हाईड्रो पावर कम्पनी (BARUN) ले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको पाँच प्रतिशत बोनस सुरक्षित गर्ने पनि मंगलबार नै अन्तिम दिन रहेको छ । कम्पनीले बुधबार साधारण प्रयोजनका लागि सेयर दाखिला खारेज गर्ने मिति तोकेकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउन र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

हाईड्रोपावर कम्पनीले युनियन हाउस अनामनगरमा असोज २७ गते शुक्रबार ११ बजे तेह्रौं र चौधौँ साधारणसभा एकैदिन बोलाएको छ । साधारण सभामा पाँच प्रतिशत बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव समेत गरेको छ । 

बरुणले यसअघि विशेष सभारण सभाबाट पारित गरेकाे एक बराबर एक अनुपातमा हकप्रद सेयरलाई अहिले वितरण गर्ने पाँच प्रतिशत बोनसपछि कायम हुने पूँजी अनुसार जारी गर्ने गरि प्रस्ताव अनुमोदन गर्न लागेको हो ।

त्यस्तै साधारण सभामा लेखापरिक्षक नियुक्ती, वासलात पारित गर्ने लगायतका अन्य एजेण्डा पनि कम्पनीको रहेको छ । हाईड्रोपावर कम्पनीको सेयरमूल्य असाेज १० गते मंगलबार नेप्सेमा २२२ रुपैयाँमा काराेबार भएकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।