नयाँ सडकमा गरिमा विकास बैंकको ४८ औं शाखा, चालु आर्थिक वर्षमा १५ शाखा थप्दै

Oct 10, 2017 Merolagani

पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले नयाँ सडकमा शाखा बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बिच बैंकले काठमाण्डौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रिस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ ।

गरिमाले राजधानीमा पाँच शाखा सहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमा उत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ ।

यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्य पाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।