चिलिमेको लाभांश तथा गुहेश्वरीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 12, 2017 merolagani

चिलिमे जलविद्युत कम्पनी (CHCL) ले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले १५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै गुहेश्वरी मर्चेन्ट (GMFIL) ले कात्तिक १२ गते देखि बिक्री गर्न लागेको ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने पनि आजै अन्तिम हो ।


चिलिमेले प्रस्तावति लाभांशस पारित गर्न कार्तिक २४ गते २१ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २७ देखि कार्तिक २४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसैले असोज २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारणसभामा भाग लिन पाउनेछन् ।

गत आर्थिक बर्षमा ९६ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ रहेको छ। तीन अर्ब ४४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको १५ प्रतिशत बोनस वितरणपछि तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

गुहेश्वरीको ४० प्रतिशत हकप्रद

 

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडले कात्तिक १२ गते देखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ४० प्रतितशत अर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री गर्न लागेको हो ।

असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । फाइनान्स सञ्चालक समितिले असोज २७ गते सेयरधनी किताब बन्द गर्ने निर्णय छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ ।

गत आर्थिक वर्षमा १२ करोड ९२ लाख रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २६ रुपैंया २० पैसा कायम भएको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।