मैलुङ खोला जलविद्युतले ७ करोड रुपैयाँ बढीको आईपिओ निष्कासन गर्दे

Oct 12, 2017 merolagani

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड (MAILUNG) ले सर्वसधारण लगानीकर्ताका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन गरेको छ । आयोजना प्रभावितका लागि दश प्रतिशत सेयर वितरण गरेको कम्पनीले सर्वसाधारणका लागि कूल सेयरको २० प्रतिशत सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आम सर्वसाधारण लगानीकर्तालाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्कासन गर्नेछ ।

कम्पनीले गत जेठमा आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको ३ लाख ६८ हजार १४३ कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गरी बाँडफाँड समेत गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि बिक्री गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भईसकेको छ ।

६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।