अनलाइन कारोबार प्रणाली पहिलो प्राथमिकता : नेप्से प्रमुख

Oct 12, 2017 merolagani

नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई सेयर लगानीकर्ता संघ नेपालले विहीबार भेटगरी बधाई तथा सुभकामना दिएको छ । सो अबसरमा संघका पदाधिकारीहरुले नेप्सेले गर्न बाँकी रहेका र तत्काल गर्नुपर्ने कामहरुका बारेमा साउदको ध्यानाकर्षण गराएका थिए ।

 

लगानीकर्ता संघले विशेषगरी अनलाइन कारोबार प्रणाली यथाशक्य छिटो कार्यान्वयनमा ल्याउन माग गरेका थिए । संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पूँजीबजारको विस्तार र विकासका लागि विगतमा नेप्सेले अघि सारेका बजार सुधारका कामहरुलाई निरन्तरता दिदै समय सापेक्ष नयाँ कार्यक्रमहरु समेत ल्याउन आग्रह गरेको बताए ।

लगानीकर्तासँगको भेटमा प्रमुख कार्यकारी अधिकृत साउदले अनलाइन कारोबार प्रणाली कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै पूँजीबजारको आधुनिकीकरण र लगानीकर्ताको सहज पँहुचका लागि प्रविधिमा सुधारसँगै बजारको दायरा विस्तार गरिदै लगिने बताएको फुल्लेलले जानकारी दिए ।

सोमबारको मन्त्रीपरिषद्को बैठकले साउदलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।