तिहारको रमझममा भुल्दा छुट्ला मेगा बैंकसहित ७ कम्पनीको हकप्रद !

Oct 14, 2017 Merolagani

सेयर बजारमा अहिले जारी भैरहेको मेगा बैंक सहित ७ कम्पनीको हकप्रद भर्ने समय अन्तिम समय आईसकेको छ । सेयरधनीले नेपालीको अर्को महान चाड तिहारको रमझममा लाग्दा तपाईले भर्नुपर्ने हकप्रद छुट्नसक्छ । 

त्यसैले आफुसँग भएका हकप्रद भर्नुपर्ने कम्पनीहरुको चाडवाड अगाडि नै हकप्रद भर्नुभयो भने छुट्ने सम्भावना रहन्न । हकप्रद छुट्दा कम्पनीले जारी गर्ने हकप्रद अनुपातका आधारमा सेयरमूल्य समायोजन भैसकेको हुँदा हकप्रद  छुट्दा सेयरधनीलाई घाटा लाग्ने हुन्छ । 

हाल मेगा बैंक सहित ७ कम्पनीको तीन करोड ९५ लाख २७ हजार ९९८ कित्ता हकप्रद जारी भैरहेको छ । जारी भैरहेको हकप्रद भर्ने अन्तिम म्याद छिटोमा असोज ३० गतेदेखि ढिलोमा कार्तिक ७ गतेसम्म रहेको छ ।

असोज ३० गते मेगा बैंक र बेष्ट (जनरल) फाइनान्स कम्पनीको हकप्रद बन्द हुँदैछ । कार्तिक पहिलो साता भित्रमा अरु पाँच कम्पनीको हकप्रद बन्द हुनेछ । त्यस्तै सिन्धु विकास बैंकले असोज २२ गतेबाट बढाएर हकप्रद भर्ने म्याद कार्तिक ५ गतेसम्म पुर्याएको छ । 

हकप्रदमा सम्बन्धित कम्पनीका साथै सेयर बिक्री प्रबन्धक र तोकिएको अन्य स्थानबाट हकप्रद भर्ने प्रबन्ध मिलाईएको हुन्छ ।

 

 

हकप्रद जारी गरिरहेका कम्पनीले कति हकप्रद भर्नुपर्छ ? लिङ्कबाट यकिन गर्नुहोस् ।

मेगा बैंकको हकप्रद कति भर्ने यहाँबाट थाहा पाउनुहोस्

जनरल फाइनान्सको हकप्रद कति भर्नुपर्छ यहाँबाट यकिन गरि निश्चिन्त हुनुहोस्

समिट माईक्रोफाइनान्सको हकप्रद कति भर्नुपर्छ यहाँबाट थाहा पाउनुहोस्

जेबिल्स् फाइनान्सको हकप्रद कति भर्ने भनेर अन्यौलमा हुनुहुन्छ ? यहाँबाट थाहा पाउनुहोस्

सिन्धु विकास बैंकको हकप्रद कति भर्नुपर्छ यहाँबाट थाहा पाउन सक्नुहुन्छ

आरएसडिसी लघुवित्तको हकप्रद तपाईले कति भर्न पाउनुहुन्छ ? यस लिङ्कबाट थाहा पाउनुहोस्

 

पछिल्लो समय पूँजी वृद्धिको चटारोमा सबैजसो कम्पनीहरुले हकप्रद सेयर जारी गर्दा सेयर बजारले लाभांशको समयमा समेत अपेक्षित उचाई लिन भने सकिरहेको छैन । नेप्सेले पछिल्ला दिनमा सकरात्मक उचार्इ  लिन थालेकाले अागामी दिनमा सूचीकृत कम्पनीले प्रकाशित गर्ने प्रथम त्रैमासिक विवरणले समेत बजारले थप गति लिने अांकलन गर्न सकिन्छ ।

 

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।