नबिल बैंकद्वारा महानगरीय प्रहरी बृत्त, दरबारमार्गलाई सहयोग प्रदान

Oct 15, 2017 Merolagani

नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एल.इ.डि टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी सिसिटिभि मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका प्रमुख कार्यकारी अधिकृत, सशिन जोशी तथा उच्च पदश्थ अधिकारीहरूको उपस्थितीमा उक्त सहयोग बृत्तका प्रहरी नायब उपरिक्षक,तिलक भारतीलाई हस्तान्तरण गरेका हुन् ।

साथै नेपालमै कमर्सियल बैंकहरुमध्ये पहिलो पटक आईएसओ ९००१ २०१५ द्वारा सम्मानित हुने पहिलो बैंक भएको आफु भएको बैंकले जनाएको छ ।

नबिलले आर्थिक बर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै तीन अर्ब ६१ करोड ?पैयाँ उच्चतम नाफा गर्न सफल भएको र सेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति सेयर आम्दानी ५८ रूपैयाँ तथा ४१ पैसाका साथ आफ्नो वासलात विस्तार गर्दै एक खर्ब ४० अरब पु-याएको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनश सेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।