सय रुपैयाँमा नबिकेको एभरेष्ट बैंकको सेयर दोस्रो पटकको लिलामीमा कतिमा बिक्यो ?

Oct 16, 2017 merolagani

एभरेष्ट बैंकले लिलामी राखेको ३५,८४१ कित्ता शेयर बोलकबोलबाट बिक्री भएको छ । यसअघिको लिलामीमा एक सय रुपैयाँमा पनि नबिकेको शेयर बैंकले पुनः लिलामी गर्दा भने बजारमूल्य भन्दा केही कम मूल्यमानै सबै बिक्री भएको छ ।

हाल दोस्रो बजारमा १२२० रुपैयाँको हाराहारीमा कारोबोर भईरहेको एभरेष्टको  लिलामीको सेयर न्यूनतम ११५१ रुपैयाँ कबोल्ने लगानीकर्ताले हात पारेका छन् । ३५,८४१ कित्ता सेयरका लागि ३१७२ आवेदकले बोलपत्र पेश गरेका थिए ।

यसअघिको लिलामीमा १३०० सय रुपैयाँसम्म उच्च मूल्य कबुलेर सेयर कबोल गर्नेहरु समेत देखिएका थिए । तर यसपालि भने उच्चतम १२०४ रुपैयाँसम्ममा सेयर कबोल गरिएको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ ।

यसअघिको लिलामीमा केही लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सय रुपैयाँमै हात पारेका थिए । यसपालि पनि केही लगानीकर्ताले सय रुपैयाँकै आसपासको मूल्य राखेर सेयर माग गरेका थिए । तर ११५१ रुपैयाँ भन्दा कम मूल्य राख्ने लगानीकर्ताले यसपालिको लिलामीमा सेयर हात पार्न सकेनन् । 

बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ ।सेयर लिलामी गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।