सूचिकृत कम्पनीले आज नविकरण शुल्क नबुझाए भोलिदेखी सेयर कारोबार रोक्का हुने

Oct 17, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सूचिकरण भएका कम्पनीहरुले आज असोज ३१ गतेभित्र सूचिकरण नविकरण शुल्क नबुझाए भोलिदेखि सेयर कारोबार रोक्का हुने भएको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै निर्देशन दिएको थियो ।



नेप्सेका अनुसार हाल नेप्सेमा सूचिकृत रहेका १९६ वटा कम्पनीहरुमध्ये असोज ३० गतेसम्म १४८ कम्पनीले नविकरण शुल्क बुझाएका छन् । अझै ४८ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी रहेको छ । त्यसमध्ये केही नामचलेका वाणिज्य बैंक समेत रहेका छन् भने अधिकांस विकास बैंक र माइक्रोफाइनान्स कम्पनी रहेको नेप्से स्रोतले जनाएको छ ।

असोज ३० गतेसम्म नविकरण शुल्क नबुझाउनेमा दुई वाणिज्य बैंक नबिल र एनसीसी बैंक रहेका छन् । यस्तै १८ वटा विकास बैंक, ९ वटा फाइनान्स, १४ उत्पादनमुलुक, २ वटा व्यापार र एक एक वटा होटल, जलविद्युत र अन्य समूहको कम्पनी रहेको नेप्सेले जनाएको छ ।

हालसम्म नविकरण शुल्क नबुझाउने कम्पनीका लागि आज एक दिनको समय रहेको छ । मंगलबार भित्र नविकरण शुल्क नबुझाए बुधबारबाट ती कम्पनीहरुको नविकरण शुल्क नबुझाएसम्मका लागि सेयर कारोबार रोक्का हुनेछ ।

धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।