नेपाल ग्रामीण विकास बैंकको एफपिओ तपाईलाई पर्यो कि परेन ? हेर्नुहोस् मेरोलगानी डटकममा नतिजा

Oct 17, 2017 merolagani

नेपाल ग्रामीण विकास बैंक (NGBBL) को एफपिओ विक्री प्रबन्धक प्रभु क्यापिटले मंगलबार बाँडफाँड गरेको छ । एफपिओमा दुई लाख ५० हजार ५२४ जनाले आवेदन गरेकोमा ९७ हजार ५ सय जनालाई गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका छन् ।

 नतिजा हेर्न मेरोलगानी डटकमको होमपेज www.merolagani.com   खोलेर IPO Results  मा जानुहोस् । तपाईले कम्पनी नाम रहेको स्थानमा नेपाल ग्रामिण विकास बैंक (NGBBL)  छनौट गर्नुहोस् । अर्को स्थानमा तपाईको १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर राखेर सर्च गरेर नतिजा हेर्न सक्नुहुन्छ । अथवा यस लिङ्कलाई क्लिक गर्नुहोस् ।

एफपिओमा आवेदन गरेकामध्ये ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । स्वीकृत आवेदन २ लाख ५० हजार ५२४ जनामध्ये एक लाख ५३ हजार २४ जनाले भने सेयर प्राप्त गर्न सकेनन् ।

गत भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको एफपीओमा कुल दुई अर्ब ७३ करोड २२ लाख ८ सय रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ । एफपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

 

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।