मेरो माइक्रोफाइनान्सकाे लाभांश पारित

Oct 17, 2017 Merolagani

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था (MERO) को पाँचौ वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

विदुरमा सम्पन्न साधारणसभाले नयाँ संस्थापक तर्फको सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थाका अध्यक्ष राजन सिंह भण्डारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक आर्थिक वर्षमा ९ करोड ३६ लाख नाफा आर्जन गरेको बताए । गत अावमा संस्थाले ५० करोड निक्षेप संकलन गरेको छ ।

गरिवी निवारणको लागि लघु कर्जाको माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको माइक्रोफाइनान्सले चालु आर्थिक वर्षमा ६३ हजार ग्राहक पु-याउने लक्ष्य लिएको छ ।

मेरो माइक्रोफाइनान्स लिमिटेडको ४४ जिल्लामा ६० शाखा रहेका छन् । संस्थाले यसै आर्थिक वर्षभित्र थप जिल्लामा १५ वटा नयाँ शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । साधारणसभामा चालु आर्थिक वर्ष ०७४/०७५ मा देशभरका ५० जिल्लामा ७५ वटा शाखा विस्तार गर्ने संस्थाका अध्यक्ष राजनसिंह भण्डारीले बताए ।

साधारणसभाले संस्थापक तर्फबाट 'क' समुहका संचालकहरु निर्विरोध चयन गरेको छ । नयाँ सञ्चालक सदस्यहरुमा प्राइम वैंकबाट सञ्जिब मानन्धर, जनता वैंकबाट पृथ्वी नारायण श्रेष्ठ, ग्लोवल आइएमइ वैंकबाट आरती राज्यलक्ष्मी राणा, देव विकास वैंकबाट नरेश सिंह बोहोरा सञ्चालकमा चयन भएको माइक्रोफाइनान्सले जनाएको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।