वोमी माईक्रोफाईनान्सले तोक्यो बुकक्लोज मिति

Oct 18, 2017 Merolagani

वोमी माईक्रोफाईनान्स (WOMI) ले छैटौं बार्षिक साधारण सभाका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीको असोज ३१ गते मंगलबार सम्पन्न ९५ औं सञ्चालक समिति बैठकले कार्तिक १६ गतेदेखि ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो ।

वोमी माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर वापतको १.१०८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ २५ गते आइतबार बसेको ९४ औं सञ्चालक समितिको बैठकले एक करोड २९ लाख ६० हजार रुपैयाँको बोनस तथा ७ लाख १८ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । २० प्रतिशत बोनस वितरणपछि माइक्रोफाइनान्सको पूँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

६ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा दुई करोड १० लाख रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसा तथा मूल्य आम्दानी अनुपात ६१.०६ गुणा कायम गरेको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।