साल्ट ट्रेडिङ्गको बोनस सेयर नेप्सेमा सूचीकृत

Oct 19, 2017 Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले एक लाख ६४ हजार १४४ कित्ता बोनस बुधबार सुचीकृत गराएको हो ।

आर्थिक बर्ष २०७२/७३ मा कमाएको ६१ करोड २४ लाख नाफामध्ये कर्पोरेशनले ५० औं बार्षिक साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस सेयर हाल सूचीकृत गराएको हो ।

कम्पनीले कार्तिक ५ गतेदेखि पाँच प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

 

काठमाडौंको कालिमाटीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८० लाख २६ हजार रुपैयाँ पुगेकाे छ । साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ ।

साल्ट ट्रेडिङ्गकाे नेप्सेमा नियमित कारोबार हुने गरेकाे छैन । कम्पनीको सेयर अन्तिम पटक नेप्सेमा प्रतिकित्ता २४६ रुपैयाँमा कारोबार भएको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।