किसान माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

Oct 24, 2017 merolagani

किसान माइक्राफाइनान्स (KMFL) ले जारी गरेको २४.२२ प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । माइक्रोफाइनान्सले असोज ४ गतेदेखि एक सय कित्ता बराबर २४ दशमलव २२ कित्ता अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

हकप्रद प्रयोजनका लागि माइक्रोफाईनान्सले भदौ ११ गते सेयरधनी किताब बन्द गरेकाले सो मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सबै सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । लघुवित्तको हकप्रदमा कात्तिक ७ गतेसम्म आवेदन गर्न सकिनेछ ।

किसानको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रदमा सिभिल क्यापिटल मार्केट सुन्धाराका साथै किसान माइक्राफाइनान्स कम्पनीको मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

त्यस्तै सिभिल बैंकका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज शाखा कार्यालयबाट समेत सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।

हाल तीन करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाईनान्सको हकप्रद जारीपश्चात चुक्ता पूँजी चार करोड रुपैयाँ पुग्नेछ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।