नेपाल सेवा लघुवित्तीय संस्थाले ४९ हजार बढी कित्ता सेयर संस्थापकलाई बेच्न निकाल्यो सूचना

Oct 25, 2017 Merolagani

नेपाल सेवा लघुवित्तीय संस्थाले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद सेयर दुईपटक विक्री गर्दा समेत नबिकेपछि ४९ हजार २२५ कित्ता सेयर संस्थापकलाई विक्री गर्न फेरी ७ दिने सूचना प्रकाशित गरको छ ।

सिन्धुपाल्चोक केन्द्रिय कार्यालय रहेको लघुवित्तले दुई लाख १० हजार कित्तामध्ये पहिलो पटक एक लाख ११ हजार ६०३ कित्ता र दाेस्रो पटक ४९ हजार १७२ कित्ता गरि कुल १ लाख ६० हजार ७७५ कित्ता सेयरमात्र सेयर विक्री गरेकाे जनाएकाे छ । अहिले विक्रीमा ल्याएकाे बाँकी रहेको ४९ हजार २२५ कित्ता सेयर साविकका संस्थापक सेयरधनीलार्इ मात्र किन्न पाउनेछन् ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स

यसका लागि साविकका संस्थापक सेयरधनीले संस्थाबाट निर्धारित फारम भरि बैंक अफ काठमाण्डौको खाता नम्बर ०६२३०००००८६८५२४ वा सिन्धु विकास बैंकको खाता नम्बर ००८०००११SP मा दाखिला गरि भौचर सहित हकप्रद सेयर माग गर्नसक्ने कम्पनीले जनाएको छ ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको २०७३ चैत्र ४ गते बसेको वैठकले संस्थापक सेयरधनीलाई १ बराबर १ अनुपातमा हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।