समीट माईक्रोले मंसीर ४ देखि शेयर लिलामी गर्ने

Nov 13, 2017 Merolagani

समीट माइक्रोफाइनान्स (SMFDB) ले मंसीर ४ गते देखि २६ हजार ५४९ कित्ता शेयर लिलामीको विक्री खुला गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको २२ हजार ४६७ कित्ता र सर्वसाधारण समूहको ४ हजार ८२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।

गत भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म शतप्रतिशत हकप्रद जारी गर्दा अवितरित सो परिमाणको सेयर विक्री नभएपछि लघुवित्तले लिलामीमा ल्याएको हो ।

लिलामीमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लिलामीको आवेदन सानिमा क्यापिटलको कार्यालय, नक्साल र सानिमा बैकका शाखा कार्यालयहरु बिराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगन्ज, विरेन्द्रनगर, सुर्खेत, धनगढी, नारायणगढ र बिर्तामोड शाखाहरुबाट गर्न सकिने क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १०० कित्ताको लागि र अधिकतम शेयर संख्यामा हदवन्दी नलाग्ने क्यापिटलले जनाएको छ ।
१० लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्वर उल्लेख गर्नुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने मंसीर ११ गते तोकिएको छ ।

उपत्यका बाहिरका सबै संकलन केन्द्रबाट विक्री प्रबन्धककोमा सबै लिलामी आवेदन प्राप्त भएपछि बोलपत्र खुला हुने मिति समय रस्थानको जानकारी गराईने क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले गत आर्थिक बर्षको कमाइबाट ४३.४८ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । बोनसपछि लघुवित्तको पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा ५० करोड रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ १० पैसा कायम गरेको छ । जसको सेयर सोमबार प्रतिकित्ता १७२५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।