नेपाल इन्स्योरेन्सले एनआईबिएल क्यापिटल मार्फत शतप्रतिशत हकप्रद बिक्री गर्ने

Oct 26, 2017 merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले शत प्रतिशत अर्थात एक बराबर एकको अनु्पातमा हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।



कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद बिक्री गर्नेे निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा हकप्रद बिक्री गर्न लागेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ। त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।

बीमा समितिले निर्देशन बमोजिमको एक अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै ३९ करोड ६० लाख अपुग हुने देखिन्छ ।

निर्जीवन बीमा कम्पनीहरुले आगामी असारमसान्तसम्ममा एक अर्ब चुक्तापूँजी पुर्याउनु पर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्मा ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको जगेडाकोषमा १६ करोेड ७ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ४० लाख रुपैयाँ राखेको छ ।

बीमाले यस अबधिमा बीमा शुल्क (खुद) ३१ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ भने २६ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । यस अवधिमा कुल बीमा शुल्क रकम ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी रकम ४२ करोड ५१ लाख रुपैयाँ गरेको छ ।

 

............... सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।