मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो २० प्रतिशत बोनस

Oct 29, 2017 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले केही समयअघि जारी गरेको ४० प्रतिशत हकप्रदले समेत पाउने गरि २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।हाल बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेभन्दा बढी दुई अर्ब ५९ करोड नाध्नेछ ।

गत आवमा बैंकले ४९ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसार निष्कृय कर्जा अनुपात शून्य दशमलव ०२ प्रतिशत रहेको छ । 

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।