स्वरोजगार लघुवित्तको १६.६६ प्रतिशत बोनस तथा शतप्रतिशत हकप्रद प्रस्ताव पारित

Oct 29, 2017 Merolagani

स्वोरोजगार लघुवित्तको शनिबार सम्पन्न नबौं बार्षिक साधारणसभाले सेयरधनीलाई १६.६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनसपछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ ।

 

१० करोड ४९ लाख ९८ हजार ८० रुपैयाँ चुक्ता पूँजी रहेको स्वरोजगारको एक करोड ७४ लाख ९९ हजार ६८० रुपैयाँको बोनस पश्चात १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ चुक्ता पूँजी पुगेको छ । कम्पनीले पारित गरेको १६.६६ प्रतिशत बोनस सेयर असोज २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

 

गत असारमा ५० प्रतिशत हकप्रद बिक्री गरेको स्वरोजगारले बोनसपछि कायम पूँजी (१२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ)  बराबर नै १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । यो हकप्रद जारी गर्दा कम्पनीको पूँजी साढे २४ करोडको हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

लघुवित्तको नवौ बार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सागरराज जोशीको स्थानमा गोकुल न्यौपानेलाई सञ्चालक नियुक्ति गरेको छ ।

कम्पनीले गत आवमा दुई करोड ८६ लाख ४१ हजार रुपैंयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ९१ पैसा कायम गरेको थियो । कम्पनीको सेयर आईतबार प्रतिकित्ता १८७० रुपैयाँमा कारोबार बन्द भएको छ । 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।