देशैभरीबाट लिलामी आवेदन लिन र अनलाईन कारोबार छिटो सुचारु गर्न लगानीकर्ता संघको माग

Oct 30, 2017 Merolagani

सेयर लगानीकर्ता संघ नेपालले सोमबार एक विज्ञप्ती जारी गर्दे देशभरीबाट नैं लिलामी आवेदनमा लगानीकर्ताले भाग लिन पाउनुपर्ने मागलाई जोडदार रुपमा उठान गरेको छ ।

संघले धितोपत्र बोर्डले आईतबार सरोकारबालालाई दिएको निर्देशनको स्वागत गर्दे छिटो भन्दा छिटो अनलाईन कारोबार गर्ने व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्न माग गरेको छ ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स

 बोर्डले आईतबार नेपाल स्टक एक्सचेन्ज, सीडीएस, मर्चेन्ट बैंकरसहित आस्वा सदस्यलाई हकप्रदमा आस्वा प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था मिलाउन गरेको परिपत्रको संघले स्वागत गरेको छ ।

बोर्डले आईतबार हकप्रद सेयर निष्काशन प्रकृयालाई थप सहज, समावेशी र लगानीमैत्री बनाउन हकप्रदमा आस्वा प्रणाली लागू गर्न र देशको कम्तिमा ७ शहरहरुबाट हकप्रदमा अवितरित सेयरमा लिलामी आवेदन दिनसक्ने व्यवस्था गर्न गराउन सरोकारवाला सबै निकायलाई निर्देशन दिएको थियो ।

 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।