लक्ष्मी भ्यालु फन्ड–१ को असोज महिनाको नाभमा कस्तो अायो परिवर्तन ?

Oct 30, 2017 Merolagani

लक्ष्मी भ्यालु फण्ड–१ (LVF1) को असोज महिनाको प्रतिइकाई खुद मूल्य (नाभ) ३३ पैसाले बढेर ११ रुपैयाँ ८१ पैसा कायम भएकोे छ । असोज मसान्तमा फण्डको खुद सम्पत्ति ५९ करोड ३ लाख ३० हजार ७७४ रुपैयाँ रहेको छ । जुन भदौ महिनाको तुलनामा एक करोड ६४ लाख ७५ हजार ४८१ रुपैयाँले बढी हो ।

सर्वसाधारणमा ५ करोड इकाई जारी गरेको लक्ष्मी भ्यालु फण्ड–१ फण्डले ४० वटा सूचीकृत कम्पनीमा ३६ करोड ७८ लाख ६३ हजार ३८७ रुपैयाँ बराबरको ४ लाख ९२ हजार ९१२ कित्ता सेयरमा लगानी रहेको छ । भदौमा ३४ करोड ९० लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार २६० कित्ता सेयरमा फण्डकाे लगानी रहेको थियो ।

यस अवधिमा फण्डको बैंक मौज्दात ७८ लाख ६९ हजार ४९२ रुपैयाँले घटेर ११ करोड ८७ लाख १७ हजार ९६१ रुपैयाँ कायम भएको छ । फण्डले ९ करोड रुपैयाँ मुद्दति निक्षेपमा सञ्चित गरेको छ । कोषको योजना व्यवस्थापक तथा डिपोजिटरी शूल्ककाे खर्च १० लाख रुपैयाँले बढेर ३० लाख २३ हजार ३९३ रुपैयाँ पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स


लक्ष्मी भ्यालु फण्डले सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ३ करोड ४६ लाख ३९ हजार ५६ रुपैयाँ बराबरको ३९ हजार ९६ कित्ता सेयरमा लगानी गरेको छ ।

सूचीकृत, सूचीकृत नभएका सेयर, डिवेञ्चर तथा मुद्धत्ती निक्षेप समेत गरि योजनाले असोज मसान्तसम्म गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसन तथा कारोबार शुल्क समेत गरि ३९ करोड २९ लाख ८ हजार १२२ रुपैयाँ रहेको छ

लक्ष्मी भ्यालु फन्डको कोष व्यवस्थापन लक्ष्मी क्यापिटल मार्केट र प्रबद्र्धक लक्ष्मी बैंक रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।