सेयर लिलामीको यो चटारो हेर्नुहोस्, कुन कम्पनीले के गर्दैछन् ?

Oct 31, 2017 Merolagani

हकप्रद निष्काशन गर्दा सेयरधनीले आवेदन नगरेका सेयरहरु अझै पनि लिलाम हुने क्रम तिब्र छ । केही समय अघि एभरेष्ट बैंकको लिलाम सेयर अनपेक्षित मूल्यमा सकार्ने मौका मिल्यो केही लगानीकर्तालाई । उता एसबिआई बैंकको सेयर सकारेकाहरु लिलामीकोभन्दा सेयरमूल्य धेरै तल आएकाले टाउकोमा हात राखेर बसिरहेका छन् ।...

अहिले केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयर लिलामी खुलिरहेको छ । एउटा विकास बैंकको लिलामीको बोलकबोल आजै खोलिँदैछ ।

झापाको दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकको सेयर लिलामीको बोलकबोल सिद्धार्थ क्यापिटलमा दिउँसो ३ बजे खोलिँदैछ । बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको रहेको ३ लाख ८१ हजार ६ सय ५० कित्ता संस्थापक तथा १ लाख ६८ हजार २ सय ८७ हजार कित्ता साधारण सेयर लिलाममा राखेको थियो । प्रारम्भिक तथ्यांक अनुसार बैंकको हकप्रदमा २ हजार वटा आवेदन परेको छ । बैंकको प्रतिकित्ता सेयर २१२ रपैंयामा अन्तिम पटक किनबेच भएको छ ।

उता माछापुछ्रे बैंकले लिलामीमा राखेको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले १२ प्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभएको १ लाख ४० हजार ७४० कित्ता साधारण तथा २० हजार दुई कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले नगदबाट आवेदन गर्नेको संख्या अधिक भएका कारण आवेदन संकलनमा कठिनाई भएको बताएको छ । नगदबाट आवेदन गर्नेहरुलाई सूचनामा उल्लेख गराइएका बैंकमा रकम जम्मा गरेर भौचरबाट आवेदन गर्न बैंकले आग्रह गरेको छ । बैंकको सेयरमा परेको बोलकबोल बुधबार बिहान साढे १० बजे स्टार भेन्यु नक्सालमा खोलिने क्यापिटलले जनाएको छ । अहिले बैंकको प्रतिकित्ता सेयर ३१६ रुपैंयामा किनबेच भैरहेको छ ।

त्यसै गरी ईन्साइडर ट्रेडिंग गरेका कारण जफत भएको गुरु न्यौपानेको सेयर पनि जनता बैंकले लिलाम गरिरहेको छ । ८५ हजार १ कित्ता साधारण सेयरमा कात्तिक २१ गतेसम्म आवेदन गर्न सकिन्छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक काठमाण्डौं क्यापिटल रहेको छ । लिलामीको बोलकबोल कात्तिक २२ गते बुधबार क्यापिटलको कार्यालय काठमाण्डौं प्लाजमा खोलिनेछ । सोमबार बैंकको प्रतिकित्ता सेयर २५४ रुपैंयामा किनबेच भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

मुक्तिनाथ विकास बैंकले पनि १ लाख ६२ हजार ८०३.०४ कित्ता सेयर यही कात्तिक २३ गतेदेखि लिलाम गर्दैछ । ४० प्रतिशत हकप्रद निष्काशन गर्दा बित्री नभएको २७ हजार ७ सय ६५.५१ कित्ता संस्थापक तथा १ लाख ३५ हजार ३७.५३ कित्ता साधारण सेयर लिलाममा राखिएको हो । बैंकको सेयर लिलामीमा कात्तिक ३० गतेसम्ममा आवेदन गर्नुपर्ने हुन्छ । नगदबाट आवेदन गर्नेहरुलाई कुमारी बैंक पुतली सडकमा रहेको एनआईबिएल क्यापिटलको खातामा रकम जम्मा गरेरभौचर सहित आवेदन बुझाउनु पर्ने हुन्छ ।

मुक्तिनाथको लिलामी सेयरमा एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, मुक्तिनाथ विकास बैंकको मुख्य कार्यालय, काठमाण्डौं प्लाजा तथा शाखा कार्यालयहरु पृथ्वीचोक पोखरा, बीरगञ्ज र बुटवलबाट आवेदन गर्न सकिन्छ । त्यसै गरी नेपाल इन्भेष्टमेण्ट बैंकका शाखा कार्यालयहरु बिराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट पनि लिलामीको आवेदन दिन सकिने बैंकले जनाएको छ । अहिले बजारमा बैंकको प्रतिकित्ता सेयर ६०९ रुपैंयामा कारोबार भैरहेको छ ।

उता धरानमा मुख्य कार्यालय रहेको अरुण फाइनान्सले पनि शतप्रतिशत हकप्रदमा नबिकेको सेयर लिलामी गर्दैछ । फाइनान्सले कात्तिक १४ गतेदेखि ३ लाख ६ हजार २३३ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । फाइनान्सले संस्थापक समूहको १ लाख ८० हजार ८८६ कित्ता र सर्वसाधारण समूहको १ लाख २५ हजार ३४७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कात्तिक २२ गतेसम्म आवेदन गर्नु पर्ने सेयरको बोलकबोल कात्तिक २४ गते खेलिने बताइएको छ ।

बजार सुस्त अवस्थामा रहेको छ । यो क्रम चल्दै गर्दा नेपाल एसबिआई बैंकको सेयर लिलामीमा सबैभन्दा सस्तोमा सेयर किन्नेहरु अहिले टाउकोमा हात लगाएर बसिरहेका छन् । लिलामीमा सस्तोमा सेयर किने पनि अहिले बजार भाउ लिलामीको न्युनतम मूल्यभन्दा धेरै तल आएकाले जिल्ल पर्ने अवस्था आएको हो । अतः लिलामीमा आवेदन गर्दा उचालिएर महंगो मूल्य हाल्नुभन्दा लगानी बचाउँदै नाफा कमाउने तथ्यको यकिन गरेर आवेदन गर्नु उचित हुन्छ । एभरेष्ट बैंकको सेयर १ सय रुपैंयामा सकार्नेहरु पनि छन् भन्दै ज्यादै कम मूल्य हाल्दा पनि सेयर नपर्ने सम्भावना रहन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।