देव: विकासको १७ प्रतिशत बोनसको बुक क्लोज

Oct 31, 2017 Merolagani

देव: विकास बैक (DBBL) ले मंगलवार बुक क्लोजको मिति तोकेको छ । कम्पनीले बार्षिक सधारण सभाका लागि कात्तिक २३ देखि कात्तिक २९ गतेसम्म शेयर धनी किताव बन्द गर्ने भएको हो ।

बैंकले गत आर्थिक बर्षमा २८ करोड ९४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त नाफावाट चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख रुपैयाँको १७ दशमलव १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । यस अनुसार कात्तिक २२ गतेसम्म कायम रहेका शेयरधनीले प्रस्तावित बोनस प्राप्त गर्नेछन् । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैकको हाल चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकले युनियन फाइनान्स र साझा विकास विकास बैंकलाई प्राप्ती गर्दा कायम हुने पूँजी एक अर्ब ६३ करोड रूपैयाँको ४० प्रतिशत बराबरको ६५ लाख २० हजार कित्ता हकप्रद जारी गर्ने प्रस्ताव यसअघि नै गरिसकेको छ ।

४० प्रतिशत हकप्रद जारी गर्दा बैंकको पूँजी दुई अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । बैंकको १७.१ प्रतिशत बोनस अर्थात २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बोनस पूँजीकरण गर्दा दुई अर्ब ५२ करोड पुग्नेछ ।

साथै देवले २५० प्रतिशत हकप्रद जारी गर्ने प्रकृयामा रहेको साहारा विकास बैंकलाई समेत प्राप्ती गर्ने प्रकृयामा रहेको छ । ७ करोड २९ लाख ९४ हजार ८०० रुपैयाँ चुक्ता पूँजी रहेको साहाराको हकप्रदपछि २५ करोड ५४ लाख ८१८ रुपैयाँ पूँजी भएको बैंक हुनेछ । यसलाई समेत प्राप्ती गर्दा बैंकको पूँजी थप बढ्नेछ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।