उपत्यका बाहिर पहिलो पटक पुग्दै अक्सन मार्केट, मुक्तिनाथले गर्यो सुरुवात

Oct 31, 2017 merolagani

धितोपत्र बोर्डको निर्देशन कार्यान्वयनमा आएसँगै उपत्यका बाहिरका लगानीकर्ताले पनि लीलामीको सेयरमा आवेदन गर्न पाउने भएका छन् । मुक्तिनाथ बिकास बैंकले यहि कात्तिक २३ गतेदेखी बोलकबोल मार्फत बिक्री गर्न लागेको हकप्रद सेयर मार्फत उपत्यका बाहिरका लगानीकर्ता अक्सन मार्केटमा सहभागी हुन पाउने भएका हुन ।



मुक्तिनाथ विकास बैकले गत भदौ ४ गतेदेखि असोज ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री नभएको एक लाख ६२ हजार आठ सय तीन कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । जसमा २७ हजार ७६५ कित्ता संस्थापक र एक लाख ३५ हजार ३७ कित्ता साधारण शेयर रहेको छ ।

बोल कबोल प्रकृयामा लगानीकर्ताले कार्तिक २३ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने छन ।

नेपाल धितोपत्र बोर्डले गत आइतबार एक परिपत्र जारी गर्दै लिलामी प्रक्रियामाउपत्यका बाहिर विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका प्रमुख शहरबाट आवेदन दिन सक्ने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई परिपत्र जारी गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सोही बमोजिम मुक्तिनाथको लिलामीको सेयरमा एनआईबिएल क्यापिटलको केन्द्रीय कार्यालय र मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालय पोखरा, बिरगंज, बुटवलका तथा नेपाल इनभेष्टमेन्ट बैंकको शाखा कार्यालय बिराटनगर, नेपालगञ्ज र धनगढीमा शिलबन्दी बोलपत्र आवेदन दिन सकिने एनआईबिएल क्यापिटलले जनाएको छ ।

यसका साथै मुक्तिनाथ बिकास बैंक, काठमाण्डौ उपत्यकाबाहिरका लगानीकर्तालाई बोलकबोल मार्फत हकप्रद सेयर बिक्री गर्ने पहिलो बैक हुने भएको छ ।

 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।