सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयरमूल्य समायोजन

Nov 01, 2017 Merolagani

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र भार्गव विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस तथा भार्गवको ८० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेले जनाएअनुसार सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयरपछि १२०० रुपैयाँ कायम भएको जसको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य १२९५ रुपैयाँ कायम भएको छ ।

यसअनुसार बुधबार कम्पनीको सेयर कारोबार १२०० रुपैयाँलाई आधार मानेर काराेबार खुला भएको छ । 

यसैगरी भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रदपछि नेप्सेले समायोजित सेयरमूल्य १९२ रुपैयाँ तोकेको छ । बैंकको औसत आधारभूत मूल्य २४१ रुपैयाँ रहेको छ ।

यसअनुसार बैंकको सेयर कारोबार बुधबार १९२ रुपैयाँलाई आधार मानेर काराेबार सुचारु भएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।