अधिकांश बैंकलाई आम्दानी बढाउन हम्मे हम्मे पर्दा कस्ताे छ सनराइजको अवस्था ?

Nov 04, 2017 Merolagani

पूँजीवृद्धिको बोझले थिचिएपछि चालु आर्थिक बर्षको प्रथम त्रैमासिक प्रतिवेदन अधिकांश बैंकको निराशाजनक आएको छ । धैरै बैंकले अाफ्नाे खुद नाफा गत बर्षको प्रथम त्रैमासिक अवधिभन्दा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सनराइज बैंक पनि यसबाट मुक्त हुन सकेको छैन ।

 

चालु आवको प्रथम त्रैमासिक अवधिमा बैंकको खुद नाफा १९.५२ प्रतिशतले घटेको छ । बैंकको खुद नाफा २५ करोड ३१ लाखबाट २० करोड ३७ लाख रुपैयाँमा झरेको हो ।

३० प्रतिशत हकप्रद र १५ प्रतिशत बोनस वितरण गरेर ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसाले घटेर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी गतबर्षको यसैअवधिको तु्लनामा आधा बढीले घटेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको खूद ब्याज आम्दानीमा पनि १८ लाख रुपैयाँले गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा ५१ करोड ५६ लाख खूद ब्याज आम्दानी कमाएको बैंकले अहिले ५१ करोड ३८ लाख मात्र आम्दानी गर्न सकेको छ ।

समीक्षा अवधिमा बैंकले ६३ अर्ब ६१ करोड ५४ लाख निक्षेप संकलन गरी ५४ अर्ब ४९ करोड १७ लाख रुपैयाँको कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप ९ करोड ५३ लाख र कर्जा परिचालन ८ करोड ४ लाख रुपैयाँले बढेको छ । जोखिम व्यवस्थापनका लागि १५ करोड ६८ लाख प्रोभिजनमा राखेको बैंकले यस अवधिमा  ७ करोड ५ लाख राइटब्याक गरेको छ ।

बैंकले जगेडा कोष ६२ करोड रुपैयाँले बढाएर एक अर्ब ७१ करोड पुर्याएको छ । जगेडा बढेपछि बैंकको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७ पैसा पुगेको छ । बैंकले खराब कर्जा अनुपातलाई घटाएर १.४९ प्रतिशतमा झारेको छ । बैंकको कोषको लागत २.९४ प्रतिशतले बढेर ७.३० प्रतिशत पुुगेको छ भने मूल्य आम्दानी अनुपात ३३.१२ गुणा कायम भएको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।