यसकारण रोकियो सिर्जना फाईनान्सको सेयर कारोबार

Nov 05, 2017 Merolagani

सिर्जना फाईनान्स (SFFIL) को सेयर कारोबार अाइतबारदेखि राेकिएको छ । गत आर्थिक बर्षको बोनस घोषणा गरेको दिन नै फाईनान्स कम्पनीकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार रोक्का गरेको हाे ।

नेप्सेका प्रवक्त्ता मुराहरी पराजुलीले सिर्जना फाईनान्सले लाभांश घोषणा गरेको भोलिपल्ट नै नेप्सेलाई जानकारी दिएर जानकारीमा ल्याउनुपर्ने सार्वजनिक सूचना ढिला गरि जानकारी दिएकाले अनुसन्धानका लागि सेयर कारोबार रोक्का गर्नुपरेको बताए । 

फाईनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत बोनस तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सले गत आर्थिक वर्षमा खूद नाफामा ५७.९३ प्रतिशतले वृद्धि गरेर १३ करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो । उसको चुक्ता पूँजी ३० करोड २४ लाख र जगेडा कोष १८ करोड ५७ लाख रुपैयाँको रहेकोे थियो ।

गत बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार फाइनान्सको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ६५ पैसा, प्रतिसेयर नेटवर्थ १६१ रुपैंया ४२ पैसा तथा मूल्य आम्दानी अनुपात ९.७४ गुणा बढी रहेको थियो ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।